राजनीति

शिक्षामन्त्री राईले शिक्षा विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने

इकागज |
असोज २१, २०८० आइतबार १२:२८ बजे

काठमाडौँ– शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् । आइतबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकमा शिक्षामन्त्री राईले जवाफ दिने भएका हुन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा ८५ जना सांसदले भाग लिएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित थुप्रै दलका सांसदहरूले शिक्षकहरूको माग सम्बोधन हुनेगरी विधेयक पास गर्न सुझाव दिएका थिए । जनमत पार्टीका अध्यक्ष सिके राउतले विधेयक संघीयताविरोध भएको सेमेत जिकिर गरेका थिए । 


अधिकांश सांसदहरूले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने धारणा राखेका थिए । 

यी विभिन्न प्रश्नलाई आज शिक्षामन्त्री राईले सम्बोधन गर्नेछन् । 

आजको बैठकमा विद्युत विधेयक पेस गर्ने कार्यसूची पनि छ ।


Author

थप समाचार
x