राजनीति

विद्युत् विधेयकमा एमालेको आशंका : कतैबाट प्रेरित बन्न पुग्यो कि ?

इकागज |
असोज २१, २०८० आइतबार १६:३३ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको विद्युत् विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उनले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका हुन् । उनले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको बताए । उनले कुनै समयमा गरिएको सम्झौता र सर्तहरूलाई प्राथमिकतामा राखेर ड्राफ्ट गरिएको बताए ।


उनले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताए ।


Author

थप समाचार
x