राजनीति

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउने तयारीमा सरकार

इकागज |
असोज २२, २०८० सोमबार १६:४६ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने तयारी गरिरहेको बताएकी छिन् ।

प्रेस काउन्सिल नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी हुन् ।


उनले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह समेत गरिन् । आमसञ्चार तथा मिडिया सम्बन्धी विधेयक अघि बढाउने तयारीमा रहको भन्दै यसले आमसञ्चारकर्मीलाई सहज हुने उनको भनाइ छ । सञ्चार माध्यमको नवीकरण तथा अन्य व्यवस्थामा देखिएको समस्यालाई क्रमश समाधान गर्दै लैजाने उनले बताइन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई विस्थापित हुनबाट बचाउन प्रविधिमा सक्षम बनाउने उद्देश्यले महिला सञ्चारकर्मी तालिम सञ्चालन गरेको जानकारी दिए । असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी रहेको प्रेस काउन्सिलले जनाएको छ । 


Author

थप समाचार
x