राजनीति

इजरायलमा अप्ठेरोमा परेका नेपालीहरूलाई स्वदेश ल्याउन आवश्यक व्यवस्था गरिसकेका छौं : गृहमन्त्री

इकागज |
असोज २२, २०८० सोमबार १७:४५ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा अप्ठेरोमा परेका नेपालीहरूलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका छन् ।

सोमबार काठमाडौँमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दूतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरूलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताएका हुन् ।


नेपाललाई विकास र समृद्धि बनाउन सके रोजगार वा शिक्षाका लागि विदेश जानुपर्ने अवस्था नआउने र विदेशमा हुने विभिन्न घटनामा नेपालीहरूले अनाहकमा ज्यान गुमाउने अवस्था नआउने उनले बताए । उनले नेपालमा नै राम्रो शिक्षाको व्यवस्था गर्न सरकारले विकास र समृद्धिमा जोड दिएको धारणा राखे ।

गृहमन्त्रीले देशमा भ्रष्टाचार र दण्डहीनता अन्त्य गरेमात्रै मुलुकमा सुशासन कायम हुने भन्दै यसका लागि सबैले योगदान गर्नुपर्ने बताए । 


Author

थप समाचार
x