राजनीति

एमाले सुदूरपश्चिम अधिवेशन: भोलि मतदान

इकागज |
असोज २२, २०८० सोमबार २०:१४ बजे

काठमाडौं -  नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनको नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

निर्वाचन समितिले प्रारम्भिक तालिका सार्वजनिक गरेको हो। जसअनुसार आज बेलुका ६ बजे मतदाता नामावली प्रकाशन हुनेछ। कार्यतालिकाअनुसार मंगलबार बिहान ७ बजेदेखि ९:३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। मतदान मंगलबार बेलुका ५ बजे हुने उल्लेख छ।


सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको नेताहरू बताउँछन्। अध्यक्षमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ।


Author

थप समाचार
x