राजनीति

विद्युत् विधेयक संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरूप : मन्त्री बस्नेत

इकागज |
असोज २२, २०८० सोमबार २१:४ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले संवैधानिक व्यवस्थाको मार्गदर्शन अनुरूप नै विद्युत् विधेयक ल्याएको बताएका छन् ।​

सोमबार प्रतिनिधि सभा बैठकमा विद्युत् विधेयक २०८० माथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री बस्नेतले संवैधानिक व्यवस्थाले मार्गदर्शन गरे अनुरूप नै विधेयक ल्याइएको बताएका हुन् । उनले संविधानले उल्लेख गरेको सार्वजनिक, निजी र सामुदायिक साझेदारीको मार्गदर्शन अनुसार विधेयक आएको बताए । उनले विधेयकले कुनै एउटा पक्षलाई मात्रै समेटेर नहिँडेको बताए । सबै क्षेत्रलाई आ–आफ्नो प्रकारको जिम्मेवारी दिइएको उनको भनाइ छ ।


मन्त्री बस्नेतले मन्त्रालयले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विकाससँग सम्बन्धित विधेयक र जलस्रोत विधेयक ड्राफ्ट गरेर कानुन मन्त्रालयमा रायका लागि पठाइएको पनि बताए । ति विधेयकहरू पनि छिट्टै ल्याइने उनले बताए ।

 


Author

थप समाचार
x