राजनीति

इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ : सांसद साह

इकागज |
असोज २३, २०८० मंगलबार १५:२ बजे

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन् । ​मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

सांसद साहले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए । उनले कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाई भइरहेको बताए । उनले सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको बताए ।


‘इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता हो यो । कतै न कतै कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ । त्यो देश पहिलाबाट नै युद्धरत छ । ती दुवै पक्षबीच युद्धमा नै थियो । त्यहाँको राजदूत के गरेर बसेको थियो । मेरो सुझाव सरकारले त्यो राजदूतलाई निलम्बन गर्नुपर्छ । फिर्ता बोलाउनुपर्छ,' उनले भने ।

सांसद साहले इजरायलसँग कूटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचित हुनुपर्ने बताए । 'त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो । बाहिरी कुरा देखाएर हुँदैन । सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गरेपछि यस्तै हुन्छ । सरकारले आत्मालोचित भएर क्षमा माग्नुपर्छ,’ उनले भने ।


Author

थप समाचार
x