नेपालबाट इजरायल पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग
फाइल तस्बिर
काठमाडौँ- नेकपा एमालेकी सांसद सुनिता बरालले नेपालबाट पठाउन खोजिएका जहाज अनुमति नदिएकोबारे सरकारसँग जवाफ माग गरेकी छिन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन् ।
सांसद बरालले यी घटनाबाट पाठ सिकेर योजना बनाउन आवश्यक रहेको बताइन् । उनले इजरायल आफैँमा ढुक्क भएर बस्ने देश नरहेको भन्दै इजरायलस्थित नेपाली दूतावासलाई त्यहाँको वस्तुस्थितिबारे जानकारी नरहेको स्पष्ट भएको बताइन् । उनले थप जोखिममा नेपाली पर्न नदिनका लागि सरकारले तदारुकताका साथ काम गर्नुपर्ने बताइन् ।
सांसद बरालले सबै राजनीतिक दलहरू मिलेर काम गर्ने हो भने समस्या समाधान हुने र कूटनीतिक माध्यमलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया