इजरायल घटनासम्बन्धी उद्धारका काममा सरकार गम्भीर हुनुपर्छ : सांसद पुन
काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले इजरायल घटनासम्बन्धी उद्धारका काम सरकारले गम्भीर भएर गर्नुपर्ने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताए ।
उनले धैर्यतापूर्वक, विवेक पुर्याएर नागरिकको सुरक्षामा सरकार लाग्नुपर्ने बताए । उनले त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्ने आवश्यकता रहेको बताए । उनले अप्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा अपेक्षा गर्ने भएकाले सरकारले पीडितको उद्धारमा आवश्यक ध्यान दिन जरुरी रहेको बताए ।
‘हामीले धैर्यतापूर्वक, विवेक पुर्याएर नागरिकको सुरक्षा गर्ने, त्यहाँ निधन भएकाको शव देशमा ल्याउने र अझै सम्भावित घटना नियाल्नुपर्छ । यो राज्यकै तयारीको काम हो । अहिले यो घटनालाई सुरुवात भनिएको छ । हिजो मात्रै पनि सर्वदलीय बैठक बसेर सबै दलले सरकारलाई सहयोग छ, दल विशेष हुँदैन भन्नुभएको छ । सरकारले आफ्नो तर्फबाट गर्ने काम गम्भीर भएर गर्नुपर्छ । अप्ठ्यारो अवस्थामा सरकारसँग नै अपेक्षा गरिन्छ । अहिले राज्यको त्यो भुमिका नागरिकले अपेक्षा गरेका छन् । यसमा संयमित ढंगले प्रतिनिधित्व गर्नुपर्छ ।’
सांसद पुनले जनताले राज्यसँग अभिभावकको भूमिकाको अपेक्षा गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया