कानुन समितिकी सभापति सुवेदीले संसदीय समितिको गरिमा कायम राख्न सक्नुभएन : एमाले सचेतक बर्तौला
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीको आलोचना गरेका छन् ।
सरकारसँग संयोजनकारी भूमिका खेल्न नसकेको भन्दै सचेतक बर्तौलाले सो समितिकी सभापति सुवेदीमाथि प्रश्न उठाएका हुन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले आफूले भक्तपुरको बाल गृह, अपराधीलाई आम माफी दिने सरकारको निर्णय र जिल्ला न्यायाधीश नियुक्ति प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समितिमा बोलाएर जानकारी लिन गरिएको आग्रहलाई किन आत्मासाथ नगरेको भनि सभापति सुवेदीलाई प्रश्न गरे ।
सचेतक बर्तौलाले ती तीन वटै गम्भीर विषयमा समितिमा आएर जवाफ दिने कुरामा गृहमन्त्री श्रेष्ठले अटेर गरेको हो कि, तपाईंले संयोजनकारी भूमिका खेल्न नसक्नु भएको भनि प्रश्न गरे । उनले सरकारको समग्र कामलाई अनुगमन गर्ने संसदीय समितिको क्षेत्राधिकार भएकाले सो विषयमा गम्भीर भएर काम गर्न पनि सभापति सुवेदीको ध्यानाकर्षण गराए ।
बैठकमा बर्तौलाले सरकारले संसद र संसदीय समितिलाई अटेर गर्न नमिल्ने दोहोर्याए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया