राजनीति

स्थानीय तहका कर्मचारीलाई वार्तामा आउन आह्वान

इकागज |
असोज २३, २०८० मंगलबार २०:३५ बजे

काठमाडौँ- सरकारले स्थानीय तहका कर्मचारीलाई वार्ता आउन आह्वान गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी आन्दोलनरत कर्मचारीका मागको छलफलबाटै सम्बोधन हुने भएकाले वार्तामा आउन आह्वान  गरेको हो । 
    
कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले हरेक दिन काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । 

यही असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले १९ असोजदेखि नियमित कामकाजसमेत ठप्प पारेका छन् । 



Author

थप समाचार
x