प्रधानमन्त्रीले सोधे इजरायलमा जहाज पठाउन ढिलो हुनुको कारण
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकको उद्धारका लागि इजरायलमा जहाज पठाउन भएको ढिलाइबारे कारण सोधेका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाल एयरलाइन्सका सम्बन्धित अधिकारीलाई बोलाएर ढिलो हुनुको कारण सोधेका हुन् ।
उनले कुनै पनि हालतमा उद्धारका लागि आजै जहाज पठाउन निर्देशन दिएको उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । किरणका अनुसार बुधबार बेलुका नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णयसमेत भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया