राजनीति

बालबालिकाको अधिकार स्थापित गर्न राज्यले थप लगानी गर्ने : मन्त्री आचार्य

इकागज |
असोज २४, २०८० बुधबार १५:५८ बजे

फाइल फोटो

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालबालिकाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । 

अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा राष्ट्रिय बालअधिकार परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आचार्यले बाल अधिकारको सचेतनाकोका साथै बालबालिकाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । 


उनले सचेतनाको अभावका कारण गर्भमै लिङ्गको पहिचान गर्ने, बालबालिका हराउने र जोखिममा पर्ने, बालविवाहमा पर्ने विविध समस्याहरुको न्यूनिकरणका लागि सरकार गम्भीर रहेको जिकिर गरे ।  बालअधिकारको सुनिश्चितताका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने उनको भनाइ छ । त्यस्तै मन्त्री आचार्यले  बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र राष्ट्रिय ऐन, नियम र नीतिको कार्यान्वयनमा सवै पक्ष गम्भीर हुनुपर्ने जिकिर गरे । 

सन् २०११ देखि हरेक अक्टुबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइने गरिएको हो । दिवसको यस बर्षको नारा ‘बाल अधिकारमा लगानी ः हाम्रो नेतृत्व र सहज जीवनयापन’ रहेको छ ।


(


Author

थप समाचार
x