'तीन तहका सरकारबीच समन्वय नहुँदा शासकीय प्रणाली प्रभावकारी हुन सकेन'
काठमाडौँ - कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले तीन तहका सरकारबीच समन्वय नहुँदा शासकिय प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।
सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा कार्यवाहक महालेखा परीक्षक काफ्लेले संघीय संरचना अनुसार तीन तहका सरकारबीच समन्वय नहुँदा विकास निर्माणका काममा समेत दोहोरोपन र शासकिय प्रणाली प्रभावकारी नभएको बताएका हुन् । उनले संवैधानिक निकायहरुको कार्यप्रगति भएको नभएको भन्दै स्थानीय तहमा शक्ति सन्तुलन र नियमन स्पष्ट नभएकाले शासकीय प्रणाली प्रभावकारी नभएको बताए । उनले अर्थतन्त्रमा आर्थिक वृद्धिदर न्युन, आयातमुखी कमजोर नियमन र अनुगमन भएको भन्दै अर्थतन्त्रका समग्र सूचकहरु सकारात्मक नभएको बताए । उनले सार्वजनिक प्रशासन र सुशासन नतिजामुखी हुदाँ सेवा प्रवाह प्रभावकारी नभएको उल्लेख गरे । उनले वित्तीय व्यवस्थापनमा स्रोत प्राप्ति र उद्देश्यमुलक हुन सकेको भन्दै वैदेशिक साहयताको उपयोग प्रभावकारी हुन नसकेको दाबी गरे । उनले दिगो विकासलाई सरकारले आत्मसाथ गर्न नसकेको उल्लेख गरे । उनले संघीय, प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाव यथार्थ नभएको बताए । उनले संघीय, प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाव यथार्थ नहुँदा मौज्दात ऋणात्मक रहेको बताए ।
उनले भने, ‘तीन तहका सरकारबीच समन्वय भएको छैन । काममा दोहोरोपन छ । संवैधानिक निकायहरुको कार्यप्रगति भएको छैन । स्थानीय तहमा शक्ति सन्तुलन र नियमन स्पष्ट नभएकाले शासकीय प्रणाली प्रभावकारी भएको छैन । अर्थतन्त्रमा आर्थिक वृद्धिदर न्युन छ । आयातमुखी अर्थतन्त्र छ । कमजोर नियमन र अनुगमन छ । अर्थतन्त्रका सूचकहरु सकारात्मक छैनन् । सार्वजनिक प्रशासन र सुशासन नतिजामुखी हुन सकेका छैनन् । सेवा प्रवाह प्रभावकारी छैन । वित्तीय व्यवस्थापनमा स्रोत प्राप्ति र उद्देश्य मुलक हुन सकेका छैन । वैदेशिक साहयताको उपयोग प्रभावकारी हुन सकेको छैन । दिगो विकासलाई सरकारले आत्मसाथ गर्न सकेको छैन । संघीय,प्रदेश र स्थानीय सञ्चित पुँजीको हिसाव यथार्थ छैन । मौज्दात ऋणात्मक छ । हिसाब फरक परेको अवस्था छ । देशको सञ्चित कोषको हिसाब मिलेको छैन । देशको समग्र अर्थतन्त्रका सूचकहरु सकारात्मक छैनन् । आर्थिक वृद्धिदर अपेक्षित छैनन् । मूल्यवृद्धि र जीडिपी अपेक्षित छैनन् । राजश्व अनुमान अनुसार असुलि हुन सकेको छैन । १५ औं योजनाको लक्ष्य अनुसार कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति न्युन छ । रकमान्तरमा चाप परेको छ । सार्वजनिक संस्थानहरुको व्यवसायीक योजनाहरु अनुसार सञ्चालन हुन सकेका छैनन् ।’
उनले देशको सञ्चित कोषको हिसाव नमिल्दा देशको समग्र अर्थतन्त्रका सूचकहरु सकारात्मक नभएको बताए । उनले आर्थिक वृद्धिदर, मूल्यवृद्धि, आयात र निर्यात समेत अपेक्षित नरहेको बताए । उनले १५ औं योजनाको लक्ष्य अनुसार कार्यान्वयन हुन नसक्दा राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति समेत न्युन रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया