चाडपर्वका बेला आन्तरिक जहाजहरूले भाडा वृद्धि गर्न नपाउने : पर्यटनमन्त्री
काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडा वृद्धि गर्न नपाउने बताएका छन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडा वृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरूसँग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरूले भाडा वृद्धि गर्न नपाउने बताएका हुन् ।
नियम कानुन भन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उनले बताए । त्यस्तै मन्त्री किरातीले दसैँभन्दा अगाडि नै थप जहाज ल्याउने कोसिस गरे पनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै कामचलाउनु पर्ने अवस्था रहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया