राप्रपा बैठक : काेशीमा पार्टीकाे भूमिकाबारे समीक्षा
काठमाडौँ– राप्रपाले कोसी प्रदेश सरकार गठनमा तटस्थ बस्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले कोसी सरकार गठनमा तत्काल कसैलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
‘कोसीमा सरकार गठनले समग्र राजनीतिमा पार्ने प्रभाव र यसमा राप्रपाको भूमिकाबारे बैठकमा समीक्षा भयो । सबै कुरा उपर समीक्षा भएपछि हामीले अहिलेको सरकार गठनमा मौन रहने निर्णय गर्यौँ,’ पार्टी प्रवक्ता माेहन श्रेष्ठले इकागजलाई भने, ‘उनीहरू आफैँ आफैँ मिलेर ४७–४७ को हस्ताक्षर पनि हिजै बुझाइसकेका छन् । उनीहरूलाई हाम्रो आवश्यकता पनि परेन ।’
उनले भोलि आवश्यक पर्यो भने बैठक बसेर निर्णय लिन सकिने बताए ।
कोसी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया