राजनीति

कोशी प्रदेशमा उत्पन्न राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर गर्दैन : कृषिमन्त्री भुसाल

इकागज |
असोज २७, २०८० शनिबार २०:४१ बजे

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेकपा मुलुकमा एमालेले अत्यन्तै गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् ।

संघ, प्रदेश र संसद् पनि एमालेले गैरजिम्मेवारी भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो  । शनिबार जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भुसालले कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई कुनै असर नगर्ने दाबी समेत गरे । उनले एमालेले मुलुकमा अस्थिरता निम्त्याउने प्रयत्नलाई जारी राखेको पनि बताए ।


एक अर्को प्रसंगमा मन्त्री भुसालले सरकारले कृषि क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नका लागि अभियान चलाउन लागेको बताए । बाँझो जमिनको पहिचान गरी त्यस्ता जमिनमा खेती गर्नका लागि किसानहरूलाई प्रेरित गर्ने उनको योजना थियो । 

 


Author

थप समाचार
x