राजनीति

राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनु हुँदैनः सभापति लामिछाने

इकागज |
असोज २९, २०८० सोमबार १०:४७ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन् ।

सोमबारबाट सुुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए । राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको उनको भनाइ छ ।


सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए । पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको उनले भनाइ राखे । उनले देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए ।


Author

थप समाचार
x