राजनीति

विपिन जोशीको खोजी र उद्धारको प्रयास भइरहेको छ : परराष्ट्रमन्त्री साउद

इकागज |
असोज २९, २०८० सोमबार १६:० बजे

फाइल फोटो

काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले इजरायल  युद्धमा सम्पर्कविहीन भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारका लागि प्रयास भइरहेको बताएका छन् । 

दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा सोमबार सुदूरपश्चिम पत्रकार समाजले गरेको चियापान कार्यक्रममा परराष्ट्रमन्त्री साउदले सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी जोशीको खोजीको लागि हमास र विद्रोही समूह हमाससँग सम्बन्ध भएका देशसँग छलफल भइरहेको जानकारी दिएका हुन् । 


हमासको आक्रमणबाट इयजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच वटा शव इजरायल सरकारले हस्तान्तर गरिसकेको जानकारी दिँदै उनले ती शवलाई छिट्टै नेपाल पठाउने तयारी भइरहेको बताए । 
 


Author

थप समाचार
x