राजनीति

हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्न सक्छ : मन्त्री किराती

इकागज |
असोज २९, २०८० सोमबार १९:१६ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावाहकले मात्रै गर्नसक्ने बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरूमा राखिएका पसलहरू र बोर्डिङ पास कक्षको अनुगमन गर्दै उनले यस्तो बताएका हुन् । उनले टर्मिनल भवनहरूमा राखिएका सामग्री र हवाई टिकटको भाडा बढी लिएको जनगुनासो बढेपछि अनुगमन गर्नुपरेको बताए ।


न्त्री किरातीले अनुगमनका क्रममा सरकारले तोकेको भन्दा बढी भाडा नलिएको बताए । उनले उडानमा ढिला नगर्न निर्देशन दिए । लो रेटका टिकटहरू कम र हाइ रेटका टिकटहरू बढी बेचेको पाएकाले अबबाट लो रेटमा टिकट बढी बेच्न निर्देशन दिएको पनि बताए ।

मन्त्री किरातीले पर्यटनबिना नेपालको समृद्धि सम्भव नरहेको भन्दै पर्यटक बढी भित्र्याउन उडानमा सुविधा दिनुपर्ने बताए ।


Author

थप समाचार
x