विनोद चौधरीको भिडियो : सुस्ताबासीले फागुनपछि भारतीय भूमि प्रयोग गर्नु पर्दैन्
फाइल तस्बिर
काठमाडौं- सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नुपर्ने बाध्यता सकिने भएको छ ।
नवलपरासीबाट निर्वाचित सांसद विनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन् ।
‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदिमाथि बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्तापारी जानको लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने सुस्तावासीको बाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आउने मलाई विश्वास छ ।’
उनले सो पुलले भुगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन् । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासीको भावनालाई पनि जोड्नेछ’ उनले भनेका छन् ।
म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ । यो पुलले अब छिट्टै सुस्ता पारि जानकोलागि भारतीय बाटो प्रयोग गर्नु पर्ने सुस्तावासिको वाध्यता अन्त्य हुँदैछ।आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण… pic.twitter.com/mbGD1gQcFL
— Binod Chaudhary (@BinodKChaudhary) October 16, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया