राजनीति

एमाले विवाद

सुर्खेतमा नेपाल समूहको समानान्तर समिति

इकागज |
जेठ १६, २०७८ आइतवार १३:३६ बजे

सुर्खेत : सुर्खेतमा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल समूहले समानान्तर समिति गठन गरेको छ । मोहनसिंह बडुवालको अध्यक्षतामा दुई सय २७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

लामो समयसदेखि माधव–झलनाथ समूहलाई साथ दिदै आएका एमाले सुर्खेतका अध्यक्ष एंव प्रतिनिधिसभा सदस्य धुव्रकुमार शाही संस्थापन पक्षमा लागेका छन् ।पार्टीको जिल्ला अध्यक्षसमेत रहेका शाही संस्थापन पक्षमा लागेपछि बडुवालको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको हो । 


समानान्तर कमिटीका अध्यक्ष बडुवाल शाहीको अध्यक्षतामा रहेको जिल्ला समितिको सचिव थिए ।  शुक्रबार साँझ गठन भएको समितिको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली छन् । सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए ।  
 


Author

थप समाचार
x