राजनीति

तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ : मुख्यसचिव अर्याल

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १५:९ बजे

फाइल तस्बिर

काठमाडौँ– मुख्यसचिव डा. वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक–संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए । उनले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतीपूर्ण भएको बताए । 


‘प्रकृति संरक्षण गर्ने कुरा त्यति धेरै सहज कुरा होइन । धेरै थरी विषयहरू गाँसिएका हुन्छन् । यसै पनि जैविक विविधता र अरु प्रकारका विविधताले भरिपूर्ण हाम्रो देश जसमा यो कुराहरू असाध्यै चुनौतीपूर्ण छ । अहिलेको जलवायु परिवर्तनका चुनौतीहरू समेत सम्बोधन गर्दै त्यसलाई सामना गर्दै जानुपर्छ,’ उनले भने, ‘अहिले संघीयतामा गएका छौँ । हिजोको भन्दा अलिकति फरक ढंगले पनि जानुपर्ने हुन्छ । प्रकृति संरक्षणमा तीनै तहका सरकार, संघीय, प्रदेश र स्थानीय सरकारका कुरामा सबैसँग समन्वय, सहकार्य गरेर जानुपर्ने र कतिपय कुराहरू उहाँहरूको नीति तथा कार्यक्रममा भएका कुरालाई समेत यसमा समेटेर जानुपर्छ ।’

उनले तीन तहकै सरकारले नीति तथा कार्यक्रममा समेटेका कुरालाई प्रकृति संरक्षण कोषले समेटेर जानुपर्ने बताए ।  
 


Author

थप समाचार
x