राजनीति

वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १६:१५ बजे

काठमाडौँ- वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री महतोले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने जिकिर गरे । उनले जीवनजन्तु बढाउँदै गर्दा कृषकका लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्याहरू सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।


मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए ।


Author

थप समाचार
x