सांसद चौलागाईंको शोक प्रस्ताव पारित गरी सकियो प्रदेश सभा बैठक
हेटौंडाः बागमती प्रदेश सभाको आज बसेको बजेट अधिवेशनको पहिलो बैठक सकिएको छ । दोलखाबाट प्रदेश सभामा निर्वाचित सांसद पशुपति चौलागाईंको निधनको शोक प्रस्ताव गरेसँगै बैठक सकिएको हो । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईको अधिवेशन आह्वान र मन्त्रिमण्डल पुनर्गठनबारेको पत्र पढेर सुनाएका थिए ।
बैठकको कार्यसूची अनुसार, अधिवेशनको शुभकामना मन्तब्य दलका नेताहरूले दिने भनिएपनि संसदमा विरोध हुने अवस्था देखिएसँगै शुभकामना मन्तब्य नराखी बैठक सकिएको थियो ।
यो बैठकमा प्रदेश सांसदहरूलाई एकै स्थानमा राखिएको थिएन । समितिहरूको हलमा समेत सांसदहरूलाई राखिएको थियो । कोभिडको जोखिमका कारण सांसदहरूलाई एक मिटरको दूरीमा बस्ने व्यवस्थापन गरिएको थियो ।
बैठक सुरु हुनुअघि सांसद, प्रदेश सभा सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित १६६ जनाको ऐन्टिजेन परीक्षण गरिएको थियो । जसमा एक जना पत्रकारको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया