राजनीति

कर्णालीमा बजेट अधिवेशन बोलाउन एमालेको माग

इकागज |
जेठ १६, २०७८ आइतवार २१:१९ बजे

फाइल फोटो

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ । एमालेको आज बसेको संसदीय दलको बैठले संसद् अधिवेशन बोलाउन माग गरेको हो । 

प्रदेशको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्नको लागि संसद अधिवेशन आह्वान गरिएको एमाले सांसद सुशिल थापाले जानकारी दिए । ‘नीति तथा कार्यक्रम र बजेटबारे पर्याप्त छलफल गर्नका संसद अधिवेशन अधिवेशन आह्वान गर्न माग गरिएको हो’ थापाले भने, ‘अब असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ ।’


‘बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथासक्दो छिटो संसदको अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ,’ आइतबार कँडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बजेट ल्याउनुअघि नीति तथा कार्यक्रममाथि पर्याप्त छलफल गर्नुपर्ने भएका कारण तत्काल अधिवेशन बोलाउन माग गरिएको ओली पक्षीय एमालेका नेताहरुको भनाई छ । 


 


Author

थप समाचार
x