सरकारको सक्रियताले दशैँमा ठूला सडक दुर्घटना हुन दिएनौंः मन्त्री ज्वाला
फाइल फोटो
काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दशैंमा ठूला सडक दुर्घटना हुन नदिएको दाबी गरेका छन् ।
सोमवार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले ठूलो दुर्घटना नहुने गरी दशैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताए । उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय,प्रदेश सरकारको महत्वपूर्ण भुमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताए । उनले विगतमा भन्दा पछिल्लो समय यात्रुहरु समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको पनि बताए । मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गरे । उनले वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरूलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताए । उनले सरकारको ध्यान चाडपर्वमा यात्रुहरूले सास्ती र क्षती भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताए । उनले सडक पूर्वाधारका धेरै गुनासाहरु रहेको भन्दै नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएको बताए । उनले सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा रहेको बताए ।
उनले भने, ‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र स्थानीय सरकारको सहयोगमा सहज भयो । तत्काल हरेक क्षेत्रको सूचना आउने भएकाले सबैसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सहज भएको छ । यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनायो । पहिले भन्दा अहिले यात्रुहरु पनि सचेत भएकाले सिधै मन्त्रीलाई नै फोन समेत गर्नु भयो । यो वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनायौं । सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षेती भोग्न नपरोस् भन्ने थियो केही समस्या भयो होला तर ठूलो समस्या भोग्नु पर्ने अवस्था सरकारले आउन दिएन । यो वर्ष सडकहरु अवरुद्ध हुने अवस्था बनेन । ठूलो दुर्घटनाहरु पनि भएन । सरकारलाई सन्तुष्टि के छ भने चाडपर्वको समयमा ठूला दुर्घटना सुन्नु पर्ने हुन्थ्यो यो वर्ष त्यस्तो सुन्न नपर्ने गरी यातायात व्यवस्था मिलाउने काम गरेका छौं । सडक पूर्वाधारका धेरै गुनासाहरु छन् । जसमा नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएका छन् । सरकारले उक्त सडक खण्डहरुमा तत्काल अनुगमन गरी वैकल्पिक सडकहरुबाट यातायात सहज रुपमा सञ्चालन गर्ने तयारीमा छौं । चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नु पर्ने सम्पूर्ण जिम्मेवारी पूरा गरेको छ । बाँकी दाताहरुको भएकाले केही समयमा नै निर्माण कार्य सुचारु हुने अपेक्षा छ ।’
उनले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पुरा गरेको बताए । उनले उक्त सडक निर्माण एक वर्ष लाग्ने समाचारहरू आएपनि यति लामो समय नलाग्ने बताए । उनले उक्त क्षेत्रका संसदहरूसँग बसेर छुटै छलफल गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया