राजनीति

चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँ : मन्त्री रिजाल

इकागज |
कात्तिक १३, २०८० सोमबार १५:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरू ठगी गर्नेहरूलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् ।​

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेहरूलाई कारबाहीको प्रक्रियाअघि बढाउन नसकिएको बताएका हुन् । उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरू तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए । उनले ठूलो कालोबजारी गर्नेहरूलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने बताए ।


मन्त्री रिजालले जरिवाना तिराएकाहरूले जरिवाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानुन नरहेको जिकिर गरे ।


Author

थप समाचार
x