राजनीति

ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिकाे असन्तुष्टि

इकागज |
कात्तिक १३, २०८० सोमबार १७:५२ बजे

काठमाडाैँ– ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ ।

​ठेक्का सम्झौता भएको लामो समय हुँदा पनि निर्माण कार्यले गति लिन नसकेको भन्दै प्रतिनिधिसभा अन्तर्गतकाे पूर्वाधार विकास समितिले असन्तुष्टि व्यक्त गरेको हो ।


सोमबार ग्वार्को फ्लाइओभर निर्माणको स्थलगत अवलोकन गर्दै समितिले कामको गति ढिला भएको समेत जनाएको छ ।

समिति सभापति दिपकबहादुर सिंहले फ्लाइओभर निर्माण कार्य हेर्दा समयमा नै सम्पन्न हुने नदेखिएको बताए । उनले समयमा नै आयोजना सम्पन्न गर्न सिफ्ट बढाएर काम गर्नुपर्ने जिकिर समेत गरे ।

सभापति सिंहले कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती बेहोर्नुपरेको र घन्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या देखिएकाले सरकार र सम्बन्धी ठेकेदारसँग छलफल गरेर आवश्यक निर्देशन दिने जानकारी गराए । 

ललितपुरको बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटरको र्‍याम्पसहित ग्वार्को फ्लाइओभर निर्माण भइरहेको छ ।

त्यस्तै समितिले सोमबार नै कलंकी बसुन्धारा सडक विस्तार आयोजनाको पनि स्थलगत निरीक्षण गरेको छ ।


Author

थप समाचार
x