राजनीति

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा राष्ट्र संघीय महासचिवले सम्बोधन गर्ने

इकागज |
कात्तिक १४, २०८० मंगलबार ६:३७ बजे

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ ।

आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्नेछन् । 


चार दिने नेपाल भ्रमणमा आएका गुटेरेसले पहिलो पटक नेपालको संसदमा सम्बोधन गर्न लागेका हुन् । उनी बुधवार फर्कदैछन् । 


Author

थप समाचार
x