राजनीति

जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे छलफल गर्न विज्ञहरु काठमाडौंमा

इकागज |
कात्तिक १४, २०८० मंगलबार ११:२३ बजे

काठमाडौं– जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई न्यूनीकरण गर्न १८ भन्दा बढी देशका विज्ञहरुको सम्मेलन सुुरु भएको छ । युनियन अफ एशियन अल्पान एशोसिएशनको आयोजनामा आज एकदिने सम्मेलन सुरु भएको हो । 

सम्मेलनमा हिमाललाई कसरी प्रवर्द्धन गर्ने, कसरी बचाउने र हिमालेका सुरक्षा र जलवायु परिवर्तनका कारण परेको असलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा छलफल र समाधानबारे सम्बोधन हुने नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले बताए । उनले सम्मेलनमा चाइनाको सिटएमए, सिएमए लगायत अन्य १८ देशका प्रतिनिधिले सहभागिता जनाएको जानकारी दिए । 


उनले विभिन्न देशका प्रतिनिधिहरुले सम्मेलनमा हिमालमा देखिएका समस्या र समाधानका उपायहरुबारे चर्चा गर्ने बताए ।  
 


Author

थप समाचार
x