राजनीति

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनीमा

इकागज |
कात्तिक १४, २०८० मंगलबार १२:२६ बजे

बुटवल । नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आईपुगेका छन्। आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आईपुगेका हुन् ।

महासचिव गुटरेस गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट गएका थिए । महासचिव गुटेरेसको स्वागतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै लुम्बिनी पुगेका थिए। महासचिव गुटरेस पोखराबाट सिधै लुम्बिनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाण्डौबाट लुम्बिनी आईपुगेका हुन् ।


बुद्धकाे जन्मस्थल लुम्बिनीको पहिलोपटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्यारक्याला लामा लगायतले स्वागत गरेका छन् ।


Author

थप समाचार
x