राजनीति

बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिटै पारित हुन्छ : मन्त्री भुसाल

इकागज |
कात्तिक १४, २०८० मंगलबार १४:२७ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताएका छन् । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री भुसालले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भए पनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने जिकिर गरे । उनले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थ मन्त्रालयको सहमतिबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्याइएको बताए ।


उनले बीउ बिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिबद्धतासमेत जनाए । उनले सरकार आफ्नो उत्पादनको प्रवर्द्धन गर्ने, उत्पादनको रक्षा र सम्वर्द्धन गर्ने पक्षमा दृढ रहेको बताए ।

मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिस्थापन गर्नु रहेको भनाइ राखे । प्रदर्शनी आजबाट कात्तिक १८ गतेसम्म हुने छ ।


Author

थप समाचार
x