समानुपातिकबाट सांसद बनाउँदा संविधानको ठाडो उल्लंघन गरियोः सभापति लामिछाने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधानको मर्म विपरीत धनाढ्य व्यक्तिहरुलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाइएको बताए ।
उनले महिलाको कोटामा शक्तिशाली राजनीतिक दलका नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेका बताए ।सबै समूहबाट वर्षौंदेखि राजनीतिमा स्थापित भइसकेको शक्तिशाली व्यक्तिहरु नै समानुपातिकबाट सांसद हुने गरेको भन्दै यसले संविधानको ठाडो उल्लंघन भएको उनको भनाइ छ ।
उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै त्यसका निम्ति आफूहरु सांसदको रुपमा भूमिका खेल्न तयार रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया