अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ : मन्त्री महत
काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका हुन् ।
अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको बताउँदै उनले अब ब्याजदर घट्ने पनि दाबी गरे ।
त्यस्तै जग्गाको कारोबार बढिरहेको, पर्यटक र रेमिट्यान्स पनि बढिरहेको उनकाे भनाइ छ । उनले मानिसहरूमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिच्किचाइरहेको परिस्थितिमा अब सो परिस्थितिको अन्त्य भएको दाबी गरे ।
अर्थमन्त्री महतले नेपालमा लगानी गर्न विदेशी दाताहरू र मित्रराष्ट्रहरूको चाख बढिरहेको बताए । त्यस्तै वैदेशिक सहयोगको परिस्थिति पनि सकारात्मक भएको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया