रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला
फाइल तस्बिर
काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन् । उनले सरकारले कुनै पनि निर्णय गर्दा संविधान, नियम र कानुनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको बताए । उनले सरकारले निर्णय गर्दा खेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडि बढ्ने बताए ।
मन्त्री ज्वालाले अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया