Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

उज्ज्वल थापाको कोभिड रिपोर्ट नेगेटिभ, अवस्था जटिल

इकागज |
जेठ १७, २०७८ सोमबार २१:१५ बजे

फाइल तस्बिर

काठमाडौँ  : विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विवेकशील साझाका संयोजक मिलन पाण्डेका अनुसार पीसीआर रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्य अवस्था भने जटिल नै छ । 

‘कोरोना रिपोर्ट नेगेटिभ आएपनि, त्यसअघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ,’ साँझ पौने ६ बजेसम्मको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै पाण्डेले ट्वीटरमा लेखेका छन्, ‘उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरू हरसंभव प्रयासमा छन ।’



Author

थप समाचार
x