राजनीति

जाजरकोट भूकम्पः मृतकका परिवारलाई सरकारले दुई लाख दिने

इकागज |
कात्तिक १९, २०८० आइतबार १२:३३ बजे

काठमाडौँ– सरकारले भूकम्पमा परी मृत्यु हुनेका परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । 

सरकारले भूकम्पमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, उनले प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षाको व्यवस्था गर्ने निर्णय भएको बताइन् । 


शुक्रबार राति जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी रुकुम र जाजरकोटमा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने करिब चार सय घाइते भएका छन् ।


 


Author

थप समाचार
x