शीर्ष नेताहरुलाई राजनीतिबाट विश्राम लिन गगन थापाको आग्रह
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरूलाई राजनीतिबाट विश्राम लिन आग्रह गरेका छन् । आज सर्वदलीय बैठकले गणतन्त्रलाई थप मजबुत बनाउने निर्णय गरेसँगै थापाको यस्तो भनाइ आएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसकेकाले सक्रिय राजनीतिबाट विश्राम लिन शीर्ष नेताहरूलाई आग्रह गरे ।
उनले भने, मैले भन्दै आएको छु, फेरी भन्छु- 'तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।'
यो व्यवस्थालाई बलियो बनाउन शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिए मात्रै पनि पुग्ने उनको भनाइ छ ।
उनले लेखेका छन्, यो व्यवस्थालाई बलियो बनाउन तपाईँहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् । इतिहासले तपाईँहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन् । आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया