राजनीति

राम्रो काम गरेकाले मेरो विरोध हुन थाल्यो : मन्त्री बस्नेत

इकागज |
कात्तिक २२, २०८० बुधबार १४:३८ बजे

फाइल फोटो

काठमाडौँ -स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेकाले आफ्नो विरोध सुरु हुन थालेको बताएका छन् । 

बुधबार ललितपुरमा आयोजित बहुक्षेत्रीय पोषण कार्यक्रमको दोस्रो चरणको सिकाई तथा उपलब्धिको समीक्षा कार्यक्रममा मन्त्री बस्नेतले समाजमा राम्रो काम गर्न नसकेकाहरुले विरोध र गाली गर्ने गरेको भन्दै त्यसलाई प्रवाह नगरि कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताए । 


उनले १६ बर्षदेखि रोकिएको स्वास्थ्य रणनीतिहरुलाई आफू मन्त्रालयमा आएपछि पास गरेको र रणनीति अनुसार काम गर्ने वातावरण बनेको दावी गरे ।  मन्त्री बस्नेतले १ सय दिनमा १०७ दिन काम गरेकाले नै प्रधानमन्त्रीबाट प्रसंशा पाएको समेत बताए । उनले सवैको सहकार्यमा स्वास्थ्य क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए । 

उनले विश्व स्वास्थ्य दिवसका अवसरमा रंगशालामा भव्य कार्यक्रम गर्ने तयारी गरिरहेको पनि जानकारी दिए । कार्यक्रममा मन्त्री बस्नेतले चार महिनाकी गर्भवती नविना शाहीलाई पोषण सामग्री प्रदान गरेका थिए । 


Author

थप समाचार
x