सरकार एक्लैले देश विकास गर्न सक्दैनः पूर्वप्रधानमन्त्री चन्द
काठमाडौँ - पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले देश विकास सरकार एक्लैले गर्न नसक्ने बताएका छन् ।
बिहीबार प्रतिमान नीमा स्मृति प्रतिष्ठानको २० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देश विकासका लागि जनताले पनि सहयोग गर्नुपर्ने बताए । उनले राजनीतिमा मुख्य कुरा भाषण भएको बताउँदै नेपालका प्रधानमन्त्रीहरूको भाषणबाट सबै प्रभावित हुने गरेको उल्लेख गरे । उनले भाषण कला एउटा राजनीतिक हतियार भएको बताए ।
उनले भने, ‘राजनीतिमा मुख्य कुरा भाषण हो । हाम्रा प्रधानमन्त्रीहरूको भाषणबाट सबै प्रभावित हुन्छन् । यो हतियार नै हो । तर त्यो हतियार पनि नभएको बेलामा पनि उहाँले लड्नुभयो र सफलता प्राप्त गर्नुभयो । जो पनि हामी सरकारमा हुन्छौँ, हामी भन्छौँ, देश विकास सरकारकै हातबाट हुँदैन । यसमा जनताले पनि सक्रिय भएर सहयोग गर्नुपर्छ । मैले जनपक्षबाट यो विधि काम भएको देखेको छ । यसमा श्री पाँचको सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।’
पूर्वप्रधानमन्त्री चन्दले जनताले सक्रिय भइ देश विकासका लागि काम गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया