राजनीति

महन्थ ठाकुर, राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित (पत्रसहित)

इकागज |
जेठ १८, २०७८ मंगलबार १४:५ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को  संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

आज मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चाैरासियाले इकागजलाई जानकारी दिए । 


उनीहरुलाई कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकेको बताइएको छ ।   जसपामा केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद चर्किँदो छ । ठाकुर-महतो पक्षले ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । उता भट्टराई-यादव समूहले भने ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्ने बताउँदै हस्ताक्षरसमेत गरिसकेको छ । 


Author

थप समाचार
x