राजनीति

उपराष्ट्रपतिको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १७:५१ बजे

​काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । 

त्यसैगरी, उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार) हरूबाट १५ दिनको पारिश्रमिक, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहको कर्मचारीबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सो सरहको कर्मचारीबाट पाँच दिन र राजपत्राङ्कित वा सो सरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।



Author

थप समाचार
x