राजनीति

गणतन्त्रपछि रोल्पाको मुहार फेरिँदैछ : प्रधानमन्त्री दाहाल

इकागज |
कात्तिक २४, २०८० शुक्रबार १९:३६ बजे

कार्तिक- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको दाबी गरेका छन् । 

शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेबल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्व दिएको बताए ।


‘गणतन्त्र प्राप्तिको आन्दोलनमा रोल्पा जिल्लाको धेरै ठूलो योगदान छ । महान जनयुद्धको आधार इलाकाका रूपमा यस जिल्लाको भूमिका अग्रणी छ । त्यसैले गणतन्त्रपछिका १५ वर्षमा रोल्पा जिल्लालाई केन्द्र सरकारले उच्च महत्व दिएको छ । विकासका कामहरू अगाडि बढेका छन् । जिल्लाको मुहार फेरिँदैछ,' उनले भने, ‘तपाईंहरूले सहिद स्मृति सडक निर्माणको काम, कृषिका लागि सहयोग, उत्पादनमूलक नमुना कृषि प्रोजेक्ट लगायत जुन विषय उठाउनुभएको छ, ती महत्त्वपूर्ण छन् । त्यसलाई मैले गम्भीरतापूर्वक लिएको छु, पूरा गर्छु ।’ 


Author

थप समाचार
x