राजनीति

थापाको निधनमा प्रधानमन्त्रीद्वारा दुख व्यक्त

इकागज |
जेठ १८, २०७८ मंगलबार २१:० बजे

काठमाडौँ : विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत थापाको निधनप्रति दुख व्यक्त गरेका हुन् । 

'विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्‍वल थापाको निधनको खबरबाट स्तब्ध भएको छु। दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु' ओलीले ट्‍वीटरमा लेखेका छन् ।  


थापाको निधनप्रति सामाजिक सञ्‍जालमा राजनीतिक दलका नेता तथा  सर्वसाधारणहरूले दुख व्यक्त गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूले  थापाको निधनप्रति दुख व्यक्त गरेका हुन् ।


Author

थप समाचार
x