युवा विद्यार्थीहरूको विदेश पलायन सबैभन्दा ठूलो समस्या : प्रधानमन्त्री दाहाल
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवन उपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौँ विद्यार्थीहरू विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको जिकिर गरे । उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरूको विदेश पलायन रहेको बताए ।
उनले विद्यार्थी देश बाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्व विद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिट्टै सम्बोधन गरी विदेश पलायनलाई रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको बताए ।
प्रधानमन्त्री दाहालले शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको भनाइ राखे । उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया