राजनीति

अर्थतन्त्र चलायमान बनाउनेबारे सरकार र निजी क्षेत्रबीचको छलफल जारी

इकागज |
मंसिर ५, २०८० मंगलबार १५:० बजे

काठमाडौँ - सरकार र निजी क्षेत्रबीच छलफल सुरु भएको छ । समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल सुरु गरेको हो । दिउँसो २ बजे हुने भनिएको छलफल केही समयअघि मात्रै सुरु भएको हो । 

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज निजी क्षेत्रसँग छलफल गर्ने निर्णय गरेको अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए । 


हिजो सरकारले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीसँग छलफल गरेको थियो । 


Author

थप समाचार
x