कानुन मन्त्रीको दाबी संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनमा पारित हुन्छ
फाइल फोटो
काठमाडौँ - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको हिउँदे अधिवेशनमा पारित गर्ने बताएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पति शुद्धीकरण सम्बन्धी विधेयक अति आवश्यक भएकाले अब शुरु हुने संसदको हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनैपर्ने उनको भनाई थियो । मंगलबार काठमाडौंमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७/१८ वर्षदेखि थाँती रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित छिटो हुनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताए ।
उनले भने, ‘अब आउने हिउँदे अधिवेशनमा यो टिआरसी बिल र अर्को चाहिँ सम्पति शुद्धीकरण सम्बन्धी विल एकदमै आवश्यक परेकाले यसलाई टुंग्याउनु पर्छ । र, यसलाई छिटो टुंग्याउनेमा छौं । त्यसपछि संघीय निजामती ऐन टुंग्याउने छौं । संघीय प्रहरी ऐन टुंग्याउनु छ । यस्ता थुप्र्रै छन । यसमा तपाईहरुको सद्भाव, सहयोग रहन्छ भन्ने मलाई विश्वास छ । किनभने समितिमा पनि छलफलको क्रममा हामीले धेरै भिक्टिम साथीहरूसँग पनि हामीले छलफल गरेका छौं । र, तपाईहरुको १७/१८ वर्षदेखि बगेको आँशु खेर जान दिन हुन्न भनेर नै हामी यसमा एकदम सिन्सिएर छौंं । धेरै गम्भीर ढंगले हामी लागि रहेको अवस्था हो । त्यसैले तपाईलाई दुखेको पीडा मैले महशुस गर्नुपर्छ ।’
मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाई नगर्ने आश्वासन दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया