राजनीति

ऋण नतिर्नेहरूलाई राज्यले छोड्दैन : मन्त्री महत

इकागज |
मंसिर ५, २०८० मंगलबार १९:५८ बजे

काठमाडौँ- अर्थमन्त्री प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् ।

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । उनले ऋण लिएर ऋण नतिर्नेहरूको सुनुवाइ राज्यबाट नहुने जिकिर गरे । उनले अफ्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।


‘साना उद्योग व्यवसायलाई प्रमोट गर्ने क्षेत्रमा पनि अझ तदारुकताका साथ काम गर्ने निष्कर्ष निस्कियो । जो साँच्चिकै समस्यामा छन्, उनीहरूलाई सरकार र राष्ट्र बैंकको तर्फबाट सहजीकरण गर्ने भन्ने कुरा आएको छ । तर, ऋणको सवालमा ऋण लिएर पैस लिएर तिर्दै तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनुवाइ हुँदैन, त्यो तिर्नैपर्छ,' उनले भने, 'जो अफ्ठ्यारोमा छ, त्यसमा समय दिने सहजीकरण गर्ने भन्ने कुरामा सरकार प्रतिबद्ध छ । उही ऋण लिने र उही ठूलो पल्टिने कुरालाई राज्यले सहन सक्दैन ।’

मन्त्री महतले राज्यको स्रोतसाधनले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिबद्ध रहेको बताए । 


Author

थप समाचार
x