सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउन आग्रह
मनहरी- बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश लोकसेवा आयोगले निष्पक्ष र स्वतन्त्र रूपमा काम गरेर देशको प्रशासनिक पद्धतिलाई जोगाउने काम गरेको बताएका छन् ।
मङ्गलबार हेटौँडामा आज आयोजित बागमती प्रदेश लोकसेवा आयोगको चौथो वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले आयोगमा पनि केही समस्या भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्नेमा जोड दिए ।
लम्बिँदो सङ्क्रमणले समस्या सृजना हुनसक्ने बताउँदै प्रदेश प्रमुख शर्माले राजनीतिक दललाई समस्याको समाधान खोज्न आग्रह गरे । उनले सङ्क्रमणकालीन न्याय समयमै टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगबाट सम्पादन भएका कामको विवरण प्रस्तुत गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया